स्वागतम्

OpenOffice.org 2.4 रिडमी

रिडमी फाइलको सबैभन्दा पछिल्लो अद्यावधिकका लागि, यसमा हेर्नुहोस् http://www.openoffice.org/welcome/readme.html

प्रिय प्रयोगकर्ता

यस फाइलमा यो कार्यक्रम बारेको महत्वपूर्ण सूचना समाविष्ट छ । कृपया कार्य सुरु गर्नुभन्दा पहिला यस सूचनालाई ध्यानपूर्वक पढ्नुहोस् ।

ओपनअफिस डट अर्ग समुदाय, यस उत्पादनको विकासका लागि उत्तरदायी छ, तपाईँ समुदाय सदस्यका रूपमा सहभागी हुन निमन्त्रणा चाहनुहुन्छ । नयाँ प्रयोगकर्ताका रूपमा, तपाईँले OpenOffice.org साइटसँगको उपयोगि प्रयोगकर्ता सूचना साइट चेक गर्न सक्नुहुन्छ

http://www.openoffice.org/about_us/introduction.html

ओपनअफिस डट अर्गमा सम्मिलित हुने बारेको तलको खण्ड पनि पढ्नुहोस् ।

कुनै पनि प्रयोगकर्ताका लागि OpenOffice.org साँच्चिकै नि:शुल्क छ ?

OpenOffice.org जो सुकैको (यसमा सरकार, व्यवसायी, शैक्षिक र निजी प्रयोगका लागि) नि:शुल्क छ । विस्तृत विवरणका लागि OpenOffice.org सँग वितरण गरिएको इजाजतपत्र पाठ हेर्नुहोस् वाhttp://www.openoffice.org/license.html

स्थापनामा द्रष्टव्यहरू

प्रणाली आवश्यकता:

कार्यक्रम सुरु गर्दा समस्या

यदि तपाईँ OpenOffice.org सुरुआत समस्यासँग परिचित भएमा (जिनोम प्रयोग गर्दा धेरै सूचीत हुने) कृपया तपाईँले OpenOffice.org सुरु गर्दा प्रयोग गर्ने सेलको भित्र SESSION_MANAGER परिवेश चल 'अनसेट' गर्नुहोस् । "[अफिस फोल्डर]/कार्यक्रम" डाइरेक्टरीमा फेला परेको सोफिक सेल स्क्रिप्टको प्रारम्भमा "unset SESSION_MANAGER" लाइन थपेर यो कार्य गर्न सकिन्छ ।

OpenOffice.org सुरुआत कठीनाई (जस्तै, अनुप्रयोग ह्याङ) त्यस्तै पर्दा प्रदर्शन गर्दा हुने समस्या ग्राफिक कार्ड ड्राइभरका कारणले हुन सक्दछ । यदि यस्तो समस्या उत्पन्न भएमा, कृपया तपाईँको ग्राफिक्स कार्ड ड्राइभर अद्यावधिक गर्नुहोस् वा तपाईँको सञ्चालन प्रणालीमा वितरण गरिएको ग्राफिक्स ड्राइभर प्रयोग गरेर फेरि प्रयास गर्नुहोस् । प्राय त्रि-आयामिक वस्तु प्रदर्शन गर्दाका कठीनाई 'उपकरण - विकल्प - OpenOffice.org - दृश्य - त्रि-आयामिक दृश्य' अन्तर्गतको "ओपनजीएल प्रयोग गर्नुहोस्" विकल्प निस्क्रिय पारेर समाधान गर्न सकिन्छ ।

कृपया याद गर्नुहोस् क्लिपबोर्ड बीचमा OpenOffice.org 1.x प्रतिलिपि गर्नुहोस् र टाँस्नुहोस् र OpenOffice.org 2.4 ले ओपनअफिस डट अर्ग ढाँचामा कार्य नगर्न सक्दछ । यदि त्यस्तो भएमा, 'सम्पादन - विशेष टाँस्नुहोस्' रोज्नुहोस् र OpenOffice.org बाहेकको अन्य ढाँचा रोज्नुहोस्, वा OpenOffice.org 2.4 मा सीधै कागजात खोल्नुहोस् ।

कृपया तपाईँको प्रणालीको अस्थायी डाइरेक्टरीमा पर्याप्त खुला स्मृति भएको र त्यसलाई पढ्ने, लेख्ने र चलाउने पहुँच अधिकार प्रदान भएको निश्चित गर्नुहोस् । स्थापना सुरु गर्नुभन्दा पहिला सबै अन्य कार्यक्रम बन्द गर्नुहोस् ।

सर्टकट कुञ्जी

सञ्चालन प्रणालीद्वारा प्रयोग नगरिएका सर्टकट कुञ्जी (कुञ्जी संयोजन) मात्र OpenOffice.org मा प्रयोग गर्न सकिन्छ । यदि OpenOffice.org को कुञ्जी संयोजनले OpenOffice.org मद्दतमा वर्णन गरे अनुरुप कार्य नगरेमा, सञ्चालन प्रणालीद्वारा पहिले नै सर्टकट प्रयोग गरेको जाँच गर्नुहोस् । त्यस्ता विवाद सुधार गर्न, तपाईँले आफ्नो सञ्चालन प्रणालीद्वारा मानाङ्कन गरेका कुञ्जी परिवर्तन गर्न सक्नुहुन्छ । वैकल्पिक रूपमा, तपाईँले OpenOffice.org मा मानाङ्कन गरिएका कुनै पनि कुञ्जी परिवर्तन गर्न सक्नुहुन्छ । यस शीर्षक बारेको अरू सूचनाका लागि, OpenOffice.org मद्दत वा तपाईँको सञ्चालन प्रणालीको मिसिलकरण मद्दतमा सन्दर्भ गर्नुहोस् ।

फाइल ताल्चा लगाउन

पूर्वनिर्धारित सेटिङमा, OpenOffice.org मा फाइल ताल्चा लगाउने खुला हुन्छ । यसलाई निस्क्रिय पार्न, तपाईँले उचित परिवेश चल SAL_ENABLE_FILE_LOCKING=0 and export SAL_ENABLE_FILE_LOCKING सेट गर्नुपर्दछ । यी प्रविष्टि सफिक स्क्रिप्ट फाइलमा सक्षम पारिएका हुन्छन् ।

चेतावनी: सक्रिय पारिएको फाइल ताल्चा लगाउने गुणको कारणले लिनक्स NFS २.० को जडानमा प्रयोग गरिएको सोलारी २.५.१ र २.७ मा समस्या हुन सक्दछ । यदि तपाईँको प्रणाली परिवेशमा यी परामिति भएमा, हामी तपाईँलाई फाइल ताल्चा लगाउने गुणको प्रयोग हटाउन कडाइका साथ सिफारिस गर्दछौ । अन्यथा, तपाईँले लिनक्स कम्प्युटरको NFS माउन्ट गरिएको डाइरेक्टरीबाट फाइल खल्दा OpenOffice.org ह्याङ हुनेछ ।

दर्ता

तपाईँले सफ्टवेयर स्थापना गर्दा न्यूनतम वस्तु दर्ता प्रक्रिया समापन गर्न थोरै समय लिनुहोस् । जव दर्ता वैकल्पिक हुन्छ, सुचनाले समुदायलाई राम्रो सफ्टवेयर सुट बानउन र प्रयोगकर्ताको आवश्यकता सीधै सम्बोधन गर्न सक्षम बनाउछ । यो निजी नीतिबाट, ओपनअफिस डट अर्ग समुदायले तपाईँको व्यक्तिगत डेटा सूरक्षा गर्न प्रत्येक सावधानी अपनाउदछ । तपाईँले स्थापना गर्दा दर्ता गर्न छुटाएमा, यसमा कुनै पनि समयमा फर्किएर दर्ता गर्न सक्नुहुन्छ http://www.openoffice.org/welcome/registration20.html

प्रयोगकर्ता सर्वेक्षण

त्यहाँ अवस्थित अनलाइन प्रयोगकर्ता सर्वेक्षण छ जसलाई भर्न हामी तपाईँलाई प्रोत्साहन गर्दछौ । प्रयोगकर्ता सर्वेक्षण नतिजाले ओपनअफिस डट अर्गलाई पछिल्लो संस्करण अफिस सुटको सिर्जनाका लागि नयाँ मानक सेटिङमा द्रुत गतिमा सार्न मद्दत गर्नेछ । यो निजी नीतिद्वारा, ओपनअफिस डट अर्ग समुदायले तपाईँको व्यक्तिगत डेटा सुरक्षा गर्न प्रत्येक सावधानी अपनाउदछ ।

प्रयोगकर्ता समर्थन

OpenOffice.org 2.4 अफिस सुटसँग मद्दतका लागि, 'users@openoffice.org' पत्राचार सूचीमा पहिले नै जवाफ पठाइएका प्रश्न फेला पार्न सङ्ग्रहमा हेर्नुहोस् http://www.openoffice.org/mail_list.html. वैकल्पिक रूपमा, तपाईँले आफ्नो प्रश्न users@openoffice.org मा पठाउन सक्नुहुन्छ । इमेल जवाफ प्राप्त गर्न सूचीमा सदस्यता लिन सम्झनुहोस् ।

FAQ खण्डमा पानि जाँच गर्नुहोस् http://user-faq.openoffice.org/.

त्रुटि र प्रश्न प्रतिवेदन गर्नुहोस्

ओपनअफिस डट अर्ग वेब साइटले त्रुटि र समस्या प्रतिवेदन, ट्र्याकिङ र समाधान गर्न, हाम्रो संयन्त्र, इस्युजिला होस्ट गरेको छ । हामी सबै प्रयोगकर्तालाई अधिकार प्रदान गरेको ठान्न र तपाईँको निश्चित प्लेफर्ममा उठेका समस्याको प्रतिवेदन गर्न स्वागत गर्दछौ । समस्याको उचीत प्रतिवेदन गर्नु प्रयोगकर्ता समुदायले सुटको भइरहेको विकास र सुधार गर्ने एउटा महत्वपूर्ण योगदान हो ।

समावेश हुनु

ओपनअफिस डट अर्ग समुदायले तपाईँको यस महत्वपूर्ण खुला स्रोत परियोजनामाभएको सक्रिय सहभागिताबाट धेरै फाइदा प्राप्त गर्नेछ ।

प्रयोगकर्ताको रुपमा, तपाईँ सुटको विकास प्रक्रियाको मुल्यवान अङ्ग भइसक्नु भयो र हामी तपाईँलाई अझै सक्रिय भूमिका निभाएर समुदायको लामो अवधिको योगदानकर्ता बन्न प्रोत्साहन गर्न चाहन्छौ । कृपया यसमा सङ्लग्न हुनुहोस् र यसमा भएको प्रयोगकर्ता पृष्ठ जाँच गर्नुहोस्: http://www.openoffice.org

सुरु गर्ने तरिका

योगदान गर्न प्रारम्भ गर्ने उत्तम उपाय एक वा धेरै पत्राचार सूचीमा सदस्यता लिनु, केही समय अप्रत्यक्ष रहनु, र OpenOffice.org स्रोत कोड देखि अक्टोवर २००० सम्म निस्कासन भएकालाई समेटिएको शीर्षकसँग तपाईँलाई परिचित गराउन विस्तारै मेल सङ्ग्रह प्रयोग गर्नु हो । तपाईँलाई सजिलो हुदा, आफैँलाई परिचित गराउन सबैलाई इमेल पठाउनु पर्दछ र दायाँ फड्किनु पर्दछ । यदि तपाईँ खुला स्रोत परियोजनासँग परिचित हुनुहुन्छ भने, हाम्रो गर्नुपर्ने कार्य सूची जाँच गर्नुहोस् र यसमा तपाईँले मद्दत गर्न चाहेको कुनै पनि वस्तु छ छैन हेर्नुहोस् ।http://development.openoffice.org/todo.html.

सदस्यता लिनुहोस्

यहाँ तपाईँले सदस्यता लिन सक्ने केही परियोजनाको पत्राचार सूचीहरू छन् http://www.openoffice.org/mail_list.html

एक वा धेरै परियोजनामा सङ्लग्न हुनुहोस्

तपाईँसँग सिमित सफ्टवेयर डिजाइन र सङ्केतन अनुभव भएता पनि यस महत्वपूर्ण खुला स्रोत परियोजनामा मुख्य योगनदा गर्न सक्नुहुन्छ । सक्नुहुन्छ !

यसमा http://projects.openoffice.org/index.htmlतपाईँले स्थानियकरण, पोर्टिङ, र ग्रुपवेयरबाट केही वास्तवीक कोडीङ परियोजनामा श्रेणीवद्ध गरिएका परियोजना फेला पार्नहुनेछ । यदि तपाईँ विकासकर्ता होइन भने, मिसिलिकरण वा बजारीकरण परियोजना प्रयास गर्नुहोस् । ओपनअफिस डट अर्ग बजारीकरण परियोजनाले खुला स्रोत सफ्टवेयरमा दुबै गुरिला र परम्परागत बजारीकरण प्रविधि लागू गरिरहेको छ, र हामीले यसलाई भाषा र संस्कृतिक अवरोध बीचमा कार्य गरेका छौ, त्यसैले तपाईँले विश्वमा र फैलाएर र यस अफिस सुटका बारेमा साथीलाई भनेर मद्दत गर्न सक्नुहुन्छ ।

तपाईँले बजारीकरण सञ्चार र सूचना सञ्जालमा सङ्लग्न भएर मद्दत प्राप्त गर्न सक्नुहुन्छ: http://marketing.openoffice.org/contacts.html यहाँ तपाईँले आफ्नो देश र स्थानीय समुदायका प्रेस, मिडिया, सरकारी संस्था, विशेषज्ञ, विद्यालय, लिनक्स प्रयोगकर्ता समूह र विकासकर्तालाई सञ्चार सम्पर्क प्रदान गर्न सक्नुहुन्छ ।

हामीले तपाईँले नयाँ OpenOffice.org 2.4 मा कार्य गर्दा रमाइलो गर्ने र हामीसँग अनलाइनमा सङ्लग्न हुनेमा आशा राखेका छौ ।

ओपनअफिस डट अर्ग समुदाय

प्रयोग गरिएका / परिमार्जित स्रोत कोड

आंशिक प्रतिलिपि अधिकार १९९८, १९९९ जेम्स क्लार्क । आंशिक प्रतलिपि अधिकार १९९६, १९९८ नेटस्केप सञ्चार संस्था ।